लुम्बिनीमा सुरु भयो अन्तर्राष्ट्रिय शान्ति महोत्सव

नेपालभ्युज

लुम्बिनीमा सुरु भयो अन्तर्राष्ट्रिय शान्ति महोत्सव

काठमाडौं । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गरिएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा सुरु भएको महोत्सव भोलिसम्म चल्ने छ ।

लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न ध्यान, म्याराथन दौड र विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रुपमा शान्ति महोत्सवको आयोजना गरेका हुन् । महोत्सव उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् ।

महोत्सव अन्तर्गत शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमीटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड गरिने छ ।

महोत्सवले भगवान बुद्धको जन्मस्थलमा शान्तिको सन्देश फैलाउने र लुम्बिनीलाई विश्व पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धनमा सहयोग पुग्ने चिनियाँ दूतावासले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved