फिफा वरीयतामा खस्कियो नेपालको अवस्था, तीन स्थान तल भर्‍यो

नेपालभ्युज

फिफा वरीयतामा खस्कियो नेपालको अवस्था, तीन स्थान तल भर्‍यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपालको अवस्था खस्किएको छ।

फिफा (FIFA) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयातामा नेपाल ३ स्थान तल झरेको हो। नयाँ वरीयतामा नेपाल १७८औं स्थानमा पुगेको छ। फिफाले गत महिना सार्वजनिक गरेको वरीयातामा नेपाल १७५औं स्थानमा थियो।

दक्षिण एसियातर्फको शीर्ष स्थानमा रहेको भारत पनि ४ स्थान तल खस्किँदै १२१औं स्थानमा पुगेको छ।

यस्तै, माल्दिभ्स १६१औं, बंगलादेश १८४औं, भुटान १८५औं, पाकिस्तान १९५औं र श्रीलंका २०४औं स्थानमा छ।

फिफा वरीयताको नयाँ तालिकामा विश्व विजेता अर्जेन्टिना शीर्ष र उपविजेता फ्रान्स दोस्रो स्थानमा यथावत छन्।

बेल्जियम एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेको छ। इङ्ल्यान्ड चौथो स्थानमा रहँदा ब्राजिल पाँचौं स्थानमा यथावत् छ।

यस्तै, पोर्चुगल, नेदरल्यान्ड, स्पेन, इटाली र क्रोएसियाले क्रमशः छैठौंदेखि दशौं स्थान ओगटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved