सेयर समीक्षा

सातामा नेप्सेको ओरालो यात्रा : तीन अर्बले घट्यो कारोबार रकम

नेपालभ्युज

सातामा नेप्सेको ओरालो यात्रा : तीन अर्बले घट्यो कारोबार रकम

काठमाडौं । यो साताभर नेप्सेले ओरालो यात्रामात्रै तय गरेको छ । साताको कारोबारको सुरुवाती दिन भारी अंकले घटेर बन्द भएको बजार अन्तिम दिन पनि घटेरै बन्द भयो ।

आइतबार १७ दशमलव ३० अंकले घटेको बजार सोमबार ६ दशमलव २६ अंकले घटेको थियो । त्यस्तै, मंगलबार १ दशमलव ८५, बुधबार ३ दशमलव ४३ र बिहीबार २ दशमलव ७३ अंकले घटेर यो साताको बजार बन्द भएको छ । २०१८ दशमलव ३३ को विन्दुबाट कारोबार सुरु गरेको सेयर बजार कारोबारको अन्तिम दिन २००४ दशमलव ०५ को विन्दुमा झरेको छ ।

यो साता सेयर बजारको कुल कारोबार १३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत साताको समीक्षा अवधिमा कुल ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यसर्थ, गत साताको तुलनामा बजार परिसूचक घटे पनि कारोबार रकम भने ३ अर्ब भन्दा बढीले बढेको देखिन्छ । यो साता सर्वाधिक कमाउने कम्पनीको समूहमा हाइड्रोपावर कम्पनीहरू रहेका छन् ।

आइतबार 

आइतबार नेप्से परिसूचक १७ दशमलव ३० अंकले घटेर २०१८ दशमलव ३३ को विन्दुमा पुगेको थियो । जहाँ ३१६ कम्पनीका ६७ हजार ०४४ पटकको कारोबारमा ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ रहेको थियो ।

सोमबार

सोमबार नेप्से परिसूचक ६ दशमलव २६ अंकले घटेर २०१२ दशमलव ०७ को विन्दुमा पुगेको थियो । जहाँ ३१५ कम्पनीका ६३ हजार ०१५ पटकको कारोबारमा ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ रहेको थियो ।

मंगलबार

मंगलबार नेप्से परिसूचक १ दशमलव ८५ अंकले घटेर २०१० दशमलव २१ को विन्दुमा पुगेको थियो । जहाँ, ३१२ कम्पनीका ४६ हजार २ सय ३५ पटकको कारोबारमा ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ रहेको थियो ।

बुधबार

बुधबार नेप्से परिसूचक ३ दशमलव ४३ अंकले घटेर २००६ दशमलव ७८ को विन्दुमा पुगेको थियो । जहाँ ३२२ कम्पनीको ५२ हजार ०६५ पटकको कारोबारमा ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ रहेको थियो ।

बिहीबार

बिहीबार नेप्से परिसूचक २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा पुगेको थियो । जहाँ ३०२ कम्पनीका ५६ हजार ३ सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने ३ अर्ब ३७ करोड २६ लाख ७ हजार ३ सय ०७ रुपैयाँ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved