यस्तो छ ‘बोक्सीको घर’को गीत- ‘म बोक्सी म देवी, म डार्लिङ म बेबी’

नेपालभ्युज

यस्तो छ ‘बोक्सीको घर’को गीत- ‘म बोक्सी म देवी, म डार्लिङ म बेबी’

काठमाडौं । महिलालाई हेर्ने दृष्टिकोणबारे व्यङ्ग्य गरिएको गीत सार्वजनिक भएको छ ।

वैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको हो ।

अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।

सपुतकै शब्द रचना तथा सङ्गीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले डान्स कोरियोग्राफी गरेको गीतको अडियो तथा भिडियो आकर्षक छ ।

गायक सपुतले कथाको मर्म अनुसार नै आफूले गीत तयार पारेको बताए ।

गीतमा केकीसहित निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलिया पनि फिचर्ड छन् ।

भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved