छुटेपछि राजेशपायल राईले भने-रक्सी खाएपछि सामान्य होहल्ला जसले पनि गर्छ

नेपालभ्युज

छुटेपछि राजेशपायल राईले भने-रक्सी खाएपछि सामान्य होहल्ला जसले पनि गर्छ

काठमाडौं । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । गएराति काठमाडौंको थापागाउँबाट पक्राउ परेका उनीहरू बिहान छुटेका हुन् ।

प्रहरी कार्यालयबाट छुटेपछि राईले भने– ‘मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परेँ । ’

आफूहरुले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरिएको उनको गुनासो छ । रक्सी खाएपछि सामान्य होहल्ला जसले पनि गर्ने उनको तर्क छ ।

राजेशपायल राई लोकप्रिय कलाकार हुन् । उनले रक्सी छाडेका थिए । पछि फेरि पिउन थालेका हुन् ।

छुटेलगतै राजेशले भोलि इटहरीमा कार्यक्रम रहेको बताएका छन् । उनले फेसबुकमा लेख्दै त्यता भेट्न भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved