यस्ता खानाले शरीरमा भरिन सक्छ पानी, धेरै खानबाट बचौं

नेपालभ्युज

यस्ता खानाले शरीरमा भरिन सक्छ पानी, धेरै खानबाट बचौं

एजेन्सी । गर्मीको मौसममा डिहाइड्रेशनको समस्या अत्यधिक हुने गर्छ । यसले शरीरमा अन्य समस्या पनि निम्त्याउन सक्छ । केही खानेकुराले शरीरमा वाटर रिटेन्शनको समस्या गराउन सक्छन् ।

वाटर रिटेन्शन एउटा गम्भीर समस्या हो, जसले गर्दा शरीरको आन्तरिक भागमा पानी भरिन सुरु हुन्छ । यसले शरीरका केही हिस्सा जस्तै हात, खुट्टा, अनुहार र पेटका मांसपेशी सुन्निने समस्या पनि हुन सक्छ ।

नुन
मानिसले आवश्यकता भन्दा धेरै नुनको सेवन गर्नु हुँदैन । शरीरमा आवश्यकताभन्दा धेरै नुन पुग्दा वाटर रिटेन्शनको समस्या हुन सक्छ । विशेषगरी बाहिर पाइने फास्टफूड तथा प्लास्टिकमा प्याक गरिएका खाद्य पदार्थहरुमा अत्यधिक मात्रामा नुन हुने गर्छ । त्यसैले यस्ता चिजहरु जस्तै चिप्स, चाउचाउ, नमकिन, मसला पपकर्न आदिहरु खानबाट बच्नुपर्छ ।

रक्सी र क्याफिन
अत्यधिक मात्रामा रक्सी तथा क्याफिनहरु पिउँदा पनि शरीरमा वाटर रिटेन्शन हुने खतरा हुन्छ । तपाईं प्रसस्त मात्रामा पानी पिउन सक्नुहुन्छ तर यस्ता खालका खराब पदार्थहरु पिउनुहुँदैन ।

अत्यधिक काब्र्स
हाम्रो शरीरको लागि काब्र्सको पनि आवश्यकता हुन्छ । तर यो अत्यधिक मात्रामा लिइयो भने यसले शरीरमा वाटर रिटेन्शनको समस्या ल्याउन सक्छ । त्यसैले काब्र्स धेरै भएका खानेकुराहरु पनि सीमित मात्रामा खानुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved