शास्त्रअनुसार रातको समयमा कपाल किन धुनु हुँदैन ?

नेपालभ्युज

शास्त्रअनुसार रातको समयमा कपाल किन धुनु हुँदैन ?

एजेन्सी । शास्त्रमा विभिन्न नियम बताइएको हुन्छ । त्यस्तै एउटा नियम तपाईंले सुन्दै आउनुभएको होला – साँझको समयमा कपाल नुहाउनु हुँदैन ।

यसका पछाडि केही नियम तथा कारण बताइएको छ, जसले गर्दा साँझको समयमा कपाल नुहाउनु हुँदैन । जानौं ति कारण –

यदि विज्ञानको आँखाले हेर्ने हो भने रातमा चिसो कपाल राख्दा ती टुक्रने खतरा धेरै हुन्छ ।

शास्त्रका अनुसार भने रातको समयमा कपाल धुँदा माता लक्ष्मी रिसाउँछिन् । यसले आर्थिक जीवनमा समस्या आउन थाल्छन् ।

रातमा कपाल धुँदा धनकी देवी लक्ष्मी रिसाउने मान्यता छ । यस्तो गल्तीले पैसासँग जोडिएको ठूलो समस्या भोग्नुपर्ने हुन सक्छ ।

शास्त्रका अनुसार रातको समयमा कपाल धुँदा ग्रह नक्षत्रको दिशा पनि परिवर्तन हुन्छन् । जसले गर्दा घरको सुख समृद्धि रोकिने बताइन्छ ।

त्यस्तै हिन्दु धर्मशास्त्रमा रातमा कपाल नुहाउँदा घरमा दरिद्रताको वास हुने बताइएको छ ।

त्यस्तै रातमा कपाल नुहाउँदा राम्रोसँग नसुक्दा यसले टाउकोमा फंगस आउने तथा स्काल्पमा संक्रमण हुने खतरा पनि रहन्छ ।

तपाईं राति नुहाएर चिसोमै सुत्न जानुहुन्छ भने यसले कपालका जरा पनि कमजोर हुन्छन् । जसले गर्दा कपाल झर्ने समस्या हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved