इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

नेपालभ्युज

इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved