बालुवाटार र संसद्‍बाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : झलनाथ खनाल

नेपालभ्युज

बालुवाटार र संसद्‍बाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसद्‍बाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताए ।

सडकबाट जनताका आवाजहरु बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको खनालले बताए ।

साथै, उनले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved