‘म्याकुरी’ त्यो अप्रिलफुल भिडिओ, जसले उनलाई कला क्षेत्रमा स्थापित गरायो (भिडिओ)

‘लेजेन्ड्स अप्रिलफुल’ क्याप्सनमा सन् २०१९ मा अपलोड गरिएको उनको त्यो भिडिओ एकाएक भाइरल भयो । त्यही एउटा भिडिओले उनलाई गाउँ जान रोक्यो । भिडिओमा दुईजना केटाकेटीबीच फोनमा भएको झगडा देखाइएको थियो ।

नेपालभ्युज

‘म्याकुरी’ त्यो अप्रिलफुल भिडिओ, जसले उनलाई कला क्षेत्रमा स्थापित गरायो (भिडिओ)

काठमाडौं । ‘म्याकुरी’ भनेर चिनिने हास्य कलाकारमा पवन खतिवडा निकै चर्चित छन् । उनको थेगो ‘म्याकुरी’ उनको पहिचान बनेको छ । साना टेलिसिरियल देखि गीत सङ्गीतका म्युजिक भिडियोमा समेत राम्रो अभिनयमा जमेका उनी अहिले हास्य कलाकारितामा चर्चामा छन् ।

उनीसँगै काम गर्ने सुम्निमा खालिङसँग अन्तरजातीय विवाह गरेका उनको डिर्भाेसको प्रक्रिया जारी छ । थुप्रै कलाकारले स्थापित हुन संघर्ष गरिरहेको समयमा हास्य कलाकारीतामा ‘म्याकुरी’ भने छोटो समयमै छाउन सफल भए । उनले छोटो समयमा दर्शकमाझ बलियो छाप छोड्न सफल भए ।

धनकुटाका पवन २०७५ मा काठमाडौं आए । त्यही साल अप्रिल १ मा उनले पहिलो भिडिओ बनाएर युट्युबमा पोस्ट गरेका थिए । त्यहीबाट उनको कलाकारिता सुरु भएको हो । त्यही पहिलो भिडिओ चर्चित बन्दै उनी हास्य कलाकारितामा स्थापित भएका छन् ।

हास्य कलाकार ‘म्याकुरी’को पीडादायी जीवन, भन्छन् – म श्रीमती पीडित हुँ, युट्युबरले २५ लाख बार्गेनिङ गरे

पहिला उनी कलेज पढ्दा कमेडी गर्थे । धनकुटामा पनि रेडियोमा कमेडी कार्यक्रम नै चलाउँथे । त्यही भएर कमेडीमा उनको दख्खल बढ्दै गयो । तर पहिलो भिडिओ भने ६ वर्षअघि अप्रिलफुलको दिन बनाएका हुन् ।

त्यसअघि उनले ‘हालत खराब’ नामक सिरियलमा काम गरे । एकवर्ष लगातार सिरियलमा अभिनय गर्दा पनि केही उपलब्धि नभएपछि उनले घर फर्कने निधो गरेका थिए । विज्ञान शिक्षकको खाँचो भएको भनेर गाउँबाट बोलाइएपछि उनी गाउँ जान तयार भएका थिए ।

उनले पिके (पवन खतिवडा) भाइन्स नाम राखेर एउटा युट्युब च्यानल पनि खोलेका थिए । तर, सब्स्क्राइबर्स थिइन । काठमाडौं छाडेर घर जाने निर्णय गरेपछि एउटा अन्तिम भिडिओ खिचेर जाउँ भन्ने सोच उनमा आयो ।

‘लेजेन्ड्स अप्रिल फुल’ क्याप्सनमा सन् २०१९ मा अपलोड गरिएको उनको त्यो भिडिओ एकाएक भाइरल भयो । त्यही एउटा भिडिओले उनलाई गाउँ जान रोक्यो ।

‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

भिडिओमा दुईजना केटाकेटीबीच फोनमा भएको झगडा देखाइएको थियो । भिडिओले छोटो समयमै लाखौँ भ्यूज पायो । टिकटकमा पनि धेरैले म्याकुरीको संवादमा अभिनय गरे । अहिले त्यो भिडिओको भ्युअर्स २८ लाख नजिक छ ।

त्यसपछि ‘चुतिया बाउ’ शीर्षकको दोस्रो भिडिओ अपलोड गरे । त्यो भिडिओले पनि तहल्का पिट्यो । जसमा उनी आफैँ बाबु र छोराको दोहोरो भूमिका खेलेकामा देखिएका थिए ।


बिस्तारै उनले थप कमेडीका भिडियो हाल्न थाले । सबै भिडिओमा दर्शकको राम्रो प्रतिक्रिया आउन थाल्यो । उनको व्यस्तता बढ्न थालेपछि टेलिभिजनबाट प्रसारण हुने सिरियलमा काम पाए ।

लगतै उनले ‘धुर्मुस–सुन्तली’ले बनाएको ‘सेन्टी भाइरस’ बाट चलचित्रमा डेव्यु गरे । पछि उनी आफैँले नियमित कन्टेन्ट बनाएर अपलोड गर्न थाले । अहिले उनले नेपाल टेलिभिजनमा एक सिरियल प्रसारण गर्दै आएका छन् ।

‘वडा नं ४२०’ नामक सिरियल बनाउँदै आएका छन् । उनको च्यानलमा अहिले २० जना कार्यरत छन् । उनी टेलिभिजन शो ‘कमेडी दरबार’मा पनि देखिँदै छन् ।

हास्य कलाकार ‘म्याकुरी’को पीडादायी जीवन, भन्छन् – म श्रीमती पीडित हुँ, युट्युबरले २५ लाख बार्गेनिङ गरे

शर्मिला पक्राउ परेको मौकामा ‘म्याकुरी’ र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved