शर्मिला पक्राउ परेको मौकामा ‘म्याकुरी’ र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’

नेपालभ्युज

शर्मिला पक्राउ परेको मौकामा ‘म्याकुरी’ र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’

काठमाडौं । पछिल्लो समय घर झगडा सञ्जालमा छताछुल्ल भएको हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ र पत्नी सुम्निमा खालिङबीच सम्बन्धविच्छेदको भद्र सहमति भएको छ । लामो समयको आपसी कलहपछि दुवैजना सहमतिमै डिभोर्सका लागि तयार भएका हुन् ।

यसअघि सुम्निमा खालिङले पवन उर्फ ‘म्याकुरी’ले पत्नी जसरी नराखेको आरोप लगाएकी थिइन् । ‘म्याकुरी’ले भने ‘शर्मिला वाइबाले उचालेर घरबार बिगार्न खोजेको’ आरोप लगाएका थिए ।

‘म्याकुरी’ले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने तयार थिइनन् ।

हास्य कलाकार ‘म्याकुरी’को पीडादायी जीवन, भन्छन् – म श्रीमती पीडित हुँ, युट्युबरले २५ लाख बार्गेनिङ गरे

त्यो प्रकरणमा शर्मिला वाइबालगायत कथित अभियन्ताले गिजोल्ने प्रयास गरेका थिए । त्यो प्रकरणमा शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटेकी थिइन् ।

एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ गरेको आरोप थियो । सो भिडिओ देखाएर शर्मिलाले २५ लाख रुपैयाँ बार्गेनिङ गरेको ‘म्याकुरी’ले आरोप लगाएका थिए । अहिले शर्मिला ‘म्याकुरी’कै उजुरीको आधारमा पक्राउ परेकी छिन् । त्यो मौकामा ‘म्याकुरी’ले पत्नीसँग समझदारी गरेका हुन् ।

‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

‘म्याकुरी’ल सुम्निमालाई आधा सम्पत्ति दिन तयार छन् । तर, सुम्निमाले चित्त बुझाएकी छैनन् । सम्पत्तिको बाँडफाँड अदालतले नै निरूपण गर्ने गरी उनीहरू मुद्दामा जान सहमत भएका छन् ।

तर, अहिले उनीहरू दुवैले थप तिक्तता बढाउनुको साटो अदालत जाने भद्र सहमति गरेका ‘म्याकुरी’का एक साथीले बताए ।

उनले भने, ‘‘आइतबार उनीहरूको डिभोर्स केस जिल्ला अदालत काठमाडौंमा पेस हुँदैछ । पवन आज वकिल लिएर जिल्ला अदालत पुगेका थिए । केही अपुग कागज आइतबार तयार गरेर अदालतमा मुद्दा अघि बढ्ने छ ।’’

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved