त्रिशुलीमा ज्यान गुमाउने सबैको पहिचान खुल्यो, एक अझै बेपत्ता

नेपालभ्युज

त्रिशुलीमा ज्यान गुमाउने सबैको पहिचान खुल्यो, एक अझै बेपत्ता

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

सो दुर्घटनामा ज्यान गुमाउनेमा गोरखा नगरपालिका–७ की ७० वर्षिया जुनकिरी रोकाया, ४१ वर्षिया हरिमाया रोकाय, २८ वर्षिया अञ्जना रोकाय र ९ वर्षिय बालक आगमन नगरकोटी रहेको प्रहरीले जनाएको छ ।

१८ वर्षिया दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रहरीका अनुसार उनीहरू बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न जादैं थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved