वैशाखमा ‘पिंक केयरएथन’ गर्दै लेजर पोर्ट नेपाल

नेपालभ्युज

वैशाखमा ‘पिंक केयरएथन’ गर्दै लेजर पोर्ट नेपाल

काठमाडौं । आगामी वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा महिलाहरूको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीका अनुसार काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।

यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दूरी तय गरिएको छ ।

आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीका अनुसार जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्नेछन् ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved