पर्यटकीय स्थल साल्पामा सुम्निमा-पारूहाङको प्रतिमा अनावरण हुँदै, मुन्दुमी पूजा हुने

नेपालभ्युज

पर्यटकीय स्थल साल्पामा सुम्निमा-पारूहाङको प्रतिमा अनावरण हुँदै, मुन्दुमी पूजा हुने

सोलुखुम्बु । जिल्लाको पर्यटकीय स्थल साल्पामा किराती पुर्खा सुम्निमा-पारूहाङको प्रतिमा र नोक्छो (धामी) पार्क अनावरण हुँदैछ ।

अनावरण कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा २०८१ वैशाख ७ गते शुक्रबार साल्पा पोखरीनजिकै माबु बजारमा हुने आयोजक संस्थाहरू साल्पासिलिछो गाउँपालिका भोजपुर र साल्पा सिलिचुङ संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मूलघरे कान्छाका अनुसार कार्यक्रमका बीच मुन्दुमी पूजासमेत हुनेछ ।

मुन्दुमअनुसार साल्पा सिलिचुङ नै श्रृष्टिको उत्पत्ति तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी जनविश्वास रहेको उल्लेख गर्दै प्रमुख उनले भनेका छन्, “मुन्दुमअनुसार सर्वप्रथम श्रृष्टिकर्ताहरू सुम्निमा-पारूहाङ सिलिचुङ/सिलिछोमा नै भेट भएका कारणले यसलाई पारुखामको रूपमा आस्था मान्ने गरीएको छ ।”

कार्यक्रममा किराती तथा गैरकिराती समुदायबाट इच्छुक सबैलाई निम्त्याइएको आयोजक संस्थाहरूले जनाएका छन् ।

भिडिओ हेर्नुस्-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved