आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित

लोकेश बमको विष्फोटक शतक

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ रनले पराजित भएको छ । योसँगै तीन म्याचको सिरिजमा आयरल्याण्डले १-० को अग्रता लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डले दि’ए’को २२३ रनको लक्ष्य पछ्या’ए’को नेपाल ‘ए’ (Nepal ‘A’) १९.३ ओभरमा २०१ रनमा अलआउट भयो । कुनै समय जित नजिक पुगेको नेपालले अन्तिम १२ रन जोड्दा ७ विकेट गुमाएको थियो ।

पछिल्लोक्रमका ब्याटरहरू किरण डगुन्ना २, बसिर अहमद ३ रनमा तथा रसिद खान, कमल ऐरी  र हेमन्त धामी शुन्य रनमा पवेलियन फर्के ।

नेपाललाई कम योगफलमा समेट्न Ireland ‘A’ का फिओन हेड र म्याथ्यु हम्फ्रेजले समान ३-३ विकेट लिए ।

नेपालका लागि लोकेश बमले शतक र आरिफ शेखले ४९ रन बना ‘ए’ पनि जित भने दिलाउन सकेनन् । बम १०६ रनमा आउट भए । आरिफ अर्धशत बनाउनबाट एक रनले चुके । दुवैले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो । आयरल्याण्डका लागि पिटर मूरले सर्वाधिक ४९ रन बनाए। स्टिफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए। नेपालका लागि भने कमल सिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ खर्चेर ३ विकेट लि’ए’। आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए।

सिरिजको अर्को खेल शनिबार हुनेछ ।

#nepalicricket #nepal’A’ #Ireland’A’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved