आयरल्याण्ड ‘ए’ले दियो नेपाल ‘ए’लाई २२३ रनको लक्ष्य, कमलले लिए ३ विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ले दियो नेपाल ‘ए’लाई २२३ रनको लक्ष्य, कमलले लिए ३ विकेट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’लाई २२३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्ड ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २२२ रन बनाएको हो।

आयरल्याण्डका लागि पिटर मूरले सर्वाधिक ४९ रन बनाए। स्टिफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए।

नेपालका लागि भने कमल सिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ खर्चेर ३ विकेट लिए। आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved