यूरोको भाउ घट्दा डलर स्थिर 

नेपालभ्युज

यूरोको भाउ घट्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको विनिमय दर केही घटेको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved