नेपाल ‘ए’ले आज आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो खेल खेल्दै

नेपालभ्युज

नेपाल ‘ए’ले आज आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो खेल खेल्दै

काठमाडौं । घरेलु मैदानमा आयोजित टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड वल्भ्स(Ireland wolves)विरुद्ध पहिलो खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

हिजो हुने खेल वर्षाका कारण स्थगित भएपछि आज हुन लागेको हो । वल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिदैछ ।

यसअघि आयरल्यान्ड उल्भसले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड उल्भस आज पहिलो जितको खोजीमा हुनेछ ।

नयाँ तालिकामा क्यानले उल्भससँगको तीन खेलको टी–२० (T20)श्रृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल(Nepal) र वल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । टी–२० श्रृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

एकदिवसीय श्रृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय श्रृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved