केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । भारतमा कथित मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अनुमति दिइएको छ ।

यससँगै उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन्।

यसअघि ईडीले केजरीवाललाई थप सात दिन हिरासतमा राख्न पाउनुपर्ने माग गर्दै अदालतमा पेस गरेको थियो ।

ईडीले केजरीवाललाई सोधपुछपछि गत बिहीबार उनको निवासबाट पक्राउ गरेको थियो। त्यसपछि उनलाई गत शुक्रबार अदालतमा पेस गरिएको थियो ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउपछिको भारतीय राजनीति

अदालतले उनलाई मार्च २८ सम्म ईडीको हिरासतमा पठाएको थियो।

बिहीबार केजरीवाललाई थप चार दिन हिरासतमा राख्न राउज एभिन्यू अदालतले अनुमति दिएको हो ।

अदालतले दुवै पक्षको बहस सुनेपछि यस्तो निर्णय गरेको हो ।

बहसका क्रममा केजरीवालले इडीको मागको विरोध गरेनन् र आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved