यस्तो देखियो एसईईको पहिलो दिन तस्वीरहरु)

यस्तो देखियो एसईईको पहिलो दिन तस्वीरहरु)

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा SEE (एसईई) सुरु भएको छ। परीक्षा (Exam)को पहिलो दिन, अंग्रेजी विषयको परीक्षा भएको छ ।

सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुदैछन्। १५ जना लैङ्गिक अल्पसंख्यक विद्यार्थी पनि सहभागी भएका छन्।

यसपालि देसभरका दुई हजार ६४ वटा परीक्षा केन्द्रमा एकै साथ परीक्षा हुन लागेको हो। सबैभन्दा कम मनाङ र मुस्ताङ (Mustang)मा १-१ परीक्षा केन्द्र रहेको छ। संघीय राजधानी काठमाडौंमा सबै भन्दा बढी १२७ वटा परीक्षा केन्द्र रहेका छन्।

यस वर्षको एसईईमा जापानमा पनि परीक्षा केन्द्रको व्यवस्था गरिएको छ। जापानबाट २३ जनाले परीक्षा दिदै छन्। परीक्षा चैत २७ गतेसम्म चल्नेछ।

हेर्नुहोस पहिलो दिनको परीक्षाका केही तस्वीर-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved