अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

रश्मिलाले दिएको जाहेरीपछि रक्षालाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

नेपालभ्युज

अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

काठमाडौं । एक युवतीलाई हैरानी दिएको भन्दै अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ परेकी छिन् ।

रस्मिलाकुमारी धामीको मोबाइलमा रक्षा बमले अनधिकृत पहुँच बनाएको आरोप छ । त्यसपछि बमले रस्मिलासँग केही रकम मागेको उजुरी उजुरीकर्ताले बताएकी छिन् ।
रस्मिला प्रहरी वृत्त महाराजगन्ज उजुरी लिएर गएकी थिइन् । त्यही जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।
रश्मिलाले दिएको जाहेरीपछि रक्षालाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

रक्षाले भने आफूले उनीविरुद्ध मुद्दा जितेको र प्रतिसोध साँध्न उनले झुटो उजुरी दिएको बताएकी छिन् । आफ्नो मुद्दामाथि जिल्ला अदालत काठमाडौंले उनलाई जेल सजाय तोकेको र क्षतिपूर्ति समेत आफूलाई दिन भनेको बताएकी छिन् ।

रक्षाले भनेकी छिन्, ‘जुन महिलाको उजुरीमा टेकेर प्रहरीले मसँग सोधपुछ गरेको छ, उनीविरुद्ध मैले कानुनी लडाइँ लडेर जिल्ला अदालत काठमाडौंबाट मुद्दा जितेको छु । उनलाई अदालतले सात दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  १५ लाख रुपैयाँ क्षतिपूर्ति सजाय तोकिएको छ । उनै पीडकले उल्टै मविरुद्ध जाहेरी दिएकी हुन् ।’
आफू राजनीतिको सुरुआती पाइला चाल्दै गरेको र फसाउन षड्यन्त्र गरेको रक्षाको आरोप छ । प्रहरीले सोधपुछ गर्दैमा आफू दोषी नभएको उनको भनाइ छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved