स्लो ओभर रेटका कारण गिललाई १२ लाख जरिवाना

नेपालभ्युज

स्लो ओभर रेटका कारण गिललाई १२ लाख जरिवाना

काठमाडौं । आईपीएल टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख भारू जरिवाना गरिएको छ ।

स्लो ओभर रेटका कारण उनलाई जरिवाना तोकिएको हो ।

मंगलबार आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्स चेन्नई सुपर किंग्सविरुद्ध मैदानमा उत्रिएको थियो । टोलीले जानाजानी स्लो ओभर खेलेको आरोप छ।

यही कारणले टिमका कप्तान गिलले १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

आईपीएलले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ । नोटिसमा भनिएको छ, ‘यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचारसंहिताअन्तर्गत उनीहरूलाई न्यूनतम जरिवाना लगाइएको छ।’

खेलमा गुजरात चेन्नईसँग ६३ रनले पराजित भएको थियो ।

#IPL #ShubmanGill #CSK #GT


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved