झाडुसँग जोडिएका वास्तु टिप्स, अपनाउँदा आउँछ समृद्धि

नेपालभ्युज

झाडुसँग जोडिएका वास्तु टिप्स, अपनाउँदा आउँछ समृद्धि

एजेन्सी । वास्तुशास्त्रले धेरैको जीवनमा महत्व राख्छ । धेरै कुराको व्यवस्थापन तथा त्यसको दिशा तय गर्नका लागि वास्तुको आवश्यकता पर्दछ ।

वास्तुशास्त्रमा यसका नियमलाई पालना गर्दा जीवनमा सुखसमृद्धि तथा सकारात्मक ऊर्जाको सञ्चार हुने बताइएको छ ।

त्यस्तै वास्तुमा विभिन्न चिजका लागि नियम बताइएको छ जसको पालन गर्दा फल मिल्छ । त्यस्तै झाडु अर्थात कुचो सम्बन्धी पनि वास्तुका केही नियम छन् । जसलाई पालन गर्दा सुखसमृद्धि आउने विश्वास गरिन्छ ।

झाडुलाई माता लक्ष्मीको स्वरुप मानिन्छ । त्यसैले झाडुलाई सधैं सफा स्थानमा राख्नुपर्दछ । यसमा माता लक्ष्मीको निवास हुने गर्छ जसले गर्दा झाडुमा खुट्टा पनि लगाउनु हुँदैन भनिन्छ ।

झाडुलाई सधैं बिहान लगाउनु पर्दछ । यसले रातभरमा घरमा आउने नकारात्मक ऊर्जा भगाउँछ । त्यस्तै रातमा झाडु लगाउँदा माता लक्ष्मी रिसाउने मान्यता पनि छ र धन सम्बन्धी समस्याको सामना गर्नुपर्ने पनि बताइन्छ ।

वास्तुको नियमअनुसार झाडुलाई सधैं पश्चिम दिशामा राख्नु पर्दछ । यसो गर्नाले आर्थिक रुपमा खुशियाली आउँछ र सुखसमृद्धि प्राप्त हुन्छ ।

घरमा कहिल्यै पनि टुक्रिएको वा बिग्रेको झाडु राख्नु हुँदैन । यसले आर्थिक समस्याको सामना गर्नुपर्ने वास्तुको मान्यता छ ।

त्यस्तै झाडु खरिद गर्नका लागि पनि नियम बनाइएको छ । यसका लागि शनिबार र मंगलबारको दिनलाई शुभ मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved