विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको आरोपमा मंगलबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोपपत्रमा सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भंसार एजेण्टको प्रतिनिधि शरणकुमार खरेललाई प्रतिवादी बनाइएको छ ।

उनीहरुविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ विगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी आधा सजाय हुन माग दाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved