दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ३५ करोड

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ३५ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २०४१ दशमलव ७० को विन्दुमा पुगेको छ ।

आज ३१० कम्पनीका ५९ हजार ५ सय १२ पटकको कारोबारमा ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८६ अंकले बढेर ३६१ दशमलव ६३ को विन्दुमा पुगेको छ ।

मंगलबार सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरूको कारोबार भएको छ भने सबैभन्दा कम कारोबार गर्ने क्षेत्रमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved