यौन स्वास्थ्य बढाउन पुरुषले गर्ने दुई योगासन

नेपालभ्युज

यौन स्वास्थ्य बढाउन पुरुषले गर्ने दुई योगासन

एजेन्सी । योगासनले शरीरलाई स्वस्थ राख्ने काम गर्छन् । तर के तपाईंलाई थाहा छ नियमित ३० मिनेट योग गर्दा पुरुषहरुको तनाव कम हुन्छ र उनीहरुको यौन स्वास्थ्य पनि राम्रो हुन्छ । आउनुहोस् विशेषज्ञबाट यसबारेमा जानौं–

सेतुबन्धु सर्वांगासन र नौकासनलाई गर्नाले पुरुषहरुको यौन स्वास्थ्य राम्रो हुन्छ । नियमित यी आसनहरु गर्नाले शरीरको तल्लो भागमा रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा पुरुषहरुको यौन स्वास्थ्य बुस्ट हुन्छ ।

सेतुबन्ध सर्वांगासन गर्ने विधि

ढाडको बलमा पल्टनुहोस् । सुस्त सुस्त घुँडालाई मोडेर शरीरको बीचको भागलाई माथि उठाउनुहोस् र हातलाई सीधा राख्नुहोस् । स्वास रोकेर केही सेकेन्ड रोकिने र फेरि स्वास छोड्दै जमिनमा आउने ।
यो आसनलाई ३० सेकेन्डदेखि एक मिनेटसम्म गर्नुहोस् । घाँटी वा कम्मरमा कुनै चोट वा सर्जरी गरेको अवस्थामा यो योगासन गर्नबाट बच्नुहोस् ।

नौकासन
यस आसनलाई गर्नका लागि पहिलाको आसनले जसरी रक्तसञ्चारलाई बढाउँछ । साथमा शरीर लचिलो हुन्छ र शरीरमा ऊर्जा प्राप्त हुन्छ जसले पुरुषहरुको यौन स्वास्थ्य राम्रो हुन्छ ।
यसलाई गर्नका लागि म्याटमा सिधा बस्नुहोस् । अब कम्मरलाई पछाडितिर झुकाउनुहोस् । अब खुट्टा र हातलाई माथितिर उठाउनुहोस् र गहिरो स्वास लिनुहोस् ।

यसलाई शुरुआतमा १० सेकेन्डका लागि गर्नुहोस् । त्यसपछि ३० देखि ४० सेकेन्डका लागि गर्नुहोस् । यसले माइग्रेन, टाउको दुख्ने, अनिद्रा, अस्थमा र मुटु सम्बनधी समस्याबाट जोगाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यौन स्वास्थ्यलाई राम्रो बनाउनका लागि अन्य आसनहरु जस्तै पद्मासन र आनन्द बालासन पनि गर्न सकिन्छ । साथमा स्वच्छ खानपान लिने र धुम्रपान, रक्सीबाट टाढा रहनु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved