यस्तो गल्तीले गर्दा हुन्छ कपाल सेतो

नेपालभ्युज

यस्तो गल्तीले गर्दा हुन्छ कपाल सेतो

एजेन्सी । अहिले कम उमेरमा नै मानिसको कपाल फुल्ने अर्थात् सेतो कपाल आउने समस्या देखिन थालेको छ । यसको मुख्य कारण भनेको परिवर्तित जीवनशैली तथा स्याहारको कमीले नै हो ।

चाँडै कपाल फुल्नुका पछाडि केही बानी व्यवहार पनि जिम्मेवार हुन्छन् । त्यसैले हामी आज त्यस्तै केही बानी व्यवहार बारे बताउनेछौं, जसलाई परिवर्तन गरेर तपाईं चाँडै कपाल फुल्ने समस्याबाट जोगिन सक्नुहुन्छ ।

हिजोआज धेरै मानिसले कपालमा तेल लगाउँदैनन् जसले गर्दा स्काल्पले पर्याप्त मात्रामा पोषण पाउँदैन । यसले गर्दा कपाल फुल्ने समस्या चाँडो हुन थाल्छ । त्यसैले समय–समयमा कपालमा तेल अवश्य लगाउनुहोस् ।

बजारमा विभिन्न प्रकारका प्रशोधित तथा रसायनयुक्त सौन्दर्य सामग्री, स्याम्पु, कन्डिस्नर पाइन्छन् । जसलाई लगातार प्रयोग गरिरहँदा पनि कपालमा विभिन्न समस्या देखिन थाल्छ । जसमध्ये एउटा फुल्ने समस्या पनि हो ।

तनावले गर्दा पनि कपाल सेतो हुन थाल्छ । यसले अत्यधिक तनावले शारीरिक तथा मानसिकसँगै कपाल फुल्ने समस्या पनि निम्त्याउँछ ।

त्यस्तै, तपाईंको धुमपान, मध्यपान गर्ने बानी छ भने पनि कपाल सेतो हुनसक्छ । यस्तो खराब बानीले शरीरसँगै कपालका जरामा पनि नोक्सान पुर्याउँछ ।

कतिपय बच्चा तथा युवामै कपाल फुल्ने समस्या वंशाणुगत पनि हुने गर्छ । आमाबुवा वा हजुरबुवा-हजुरआमामा यस्तो समस्या थियो भने तपाईंमा पनि यस्तो समस्या हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved