प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, जसपाका कार्की बने मन्त्री

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, जसपाका कार्की बने मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सां‌सद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले अपराह्न ३ बजे शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारले जनाएको छ ।

जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved