मुटु रोगीले गर्न नहुने पाँच योगासन

नेपालभ्युज

मुटु रोगीले गर्न नहुने पाँच योगासन

एजेन्सी । योग गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । तर केही योगासनको अभ्यासले मुटु रोगीलाई भने बेफाइदा गर्न सक्छ ।

त्यसैले योगको बारेमा जानकारी लिएर मात्र गर्नु फाइदाजनक हुन्छ । यहाँ जानौं मुटुका बिरामीले गर्न नहुने पाँच योगासन बारे ।

चक्रासन

मुटुका विरामीहरुका लागि चक्रासनको अभ्यास गर्नबाट बच्नुपर्छ । चक्रासन गर्नाले मुटुमा अत्यधिक दबाव पर्छ जसले गर्दा मुटुमा रगतको प्रवाह तीव्र गतिमा हुन थाल्छ जसले गर्दा मुटुको विमारी अगाडि गएर झनै बढ्छ ।

विपरीत करणी

तपाईं मुटुको बिरामी हुनुहुन्छ भने विपरीत करणी योगासन गर्न पनि बच्नुहोस् । यसले शरीरको रगतको प्रवाह तल्लो भागमा प्रसारित हुन थाल्छ जसले गर्दा रगतको बिग्रँदो प्रवाह मुटुका लागि हानिकारक हुन सक्छ ।

शीर्षासन

शीर्षासनमा पनि रगत शरीरको विपरित दिशामा बग्न थाल्छ । जसले गर्दा मुटुका रोगीहरुलाई योग गरिरहेकै अवस्थामा पनि मुटुमा दुखेको महसुस हुन सक्छ । त्यसैले शीर्षासन मुटुका रोगीहरुका लागि हानिकारक हुन्छ ।

हलासन

मुटुका विरामीहरुका लागि हलासनको अभ्यास पनि हानिकारक हुन्छ । यो मुद्रा गर्दा पनि अन्य माथि बताइएका योगासनमा जसरी रगतको प्रवाह माथितिर जान्छ जसले गर्दा मुटुमा दबाव पर्छ । यसले मुटु रोगीहरुका लागि अझै समस्या बनाउन सक्छ ।

सर्वांगासन

सर्वांगासन गर्दा पनि मुटुमा दबाव पर्दछ । साथमा यो योगासन गर्दा मुटुलाई पम्प गर्न गाह्रो हुन्छ । त्यसैले मुटु रोगीहरुले यो योगासन गर्नबाट बच्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved