अनुसन्धानमा लापरवाही गर्नेमाथि कारबाही सिफारिस गर्न गृहमन्त्रालयद्वारा समिति गठन

नेपालभ्युज

अनुसन्धानमा लापरवाही गर्नेमाथि कारबाही सिफारिस गर्न गृहमन्त्रालयद्वारा समिति गठन

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरवाही गर्नेमाथि थप छानबिन गरेर कारबाही सिफारिस गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।

छानबिनामा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न अर्को समिति बनाएको गृहको भनाइ छ ।

कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य छन् ।

रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ ।

कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीको आवाज उठेपछि समिति बनाइएको गृहको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved