पिसाबबाट गन्ध निकाल्ने यी खाना

नेपालभ्युज

पिसाबबाट गन्ध निकाल्ने यी खाना

एजेन्सी । एउटा स्वस्थ व्यक्तिको पिसाबको रंग सफा र हल्का पहेंलो खालको हुन्छ । सामान्यरुपमा भन्नुपर्दा तपाईं भित्रैदेखि पूर्णरुपमा स्वस्थ हुनुहुन्छ भने पिसाबबाट कुनै प्रकारको गन्ध आउँदैन ।

पिसाबबाट गन्ध आउनुको पछाडि कुनै न कुनै रोगलाई कारण मान्ने गरिन्छ । तर, कयौंपटक केही खानेकुराको कारणले पनि पिसाबबाट नराम्रो गन्ध आउँछ ।

जानौं ती खानेकुराबारे जसका कारण पिसाबबाट गन्ध आउन सक्छ ।

कफी

दैनिक रुपमा कफीको सेवनले पनि पिसाबबाट दुर्गन्ध आउने गर्छ । कफीमा केही त्यस्ता कम्पाउन्ड हुन्छन् जसका कारण पिसाबबाट कडा खालको गन्ध आउँछ ।

अत्यधिक कफी पिउँदा पिसाबबाट गन्ध त आउँछ नै साथमा शरीर डिहाइड्रेट पनि हुन्छ ।

लसुन–प्याज

लसुन र प्याजमा सल्फर नामक तत्त्व हुन्छ । जब यो शरीरमा जान्छ पिसाबबाट गन्ध आउँछ । यी दुवै चिज धेरै खाँदा पिसाबबाट कुहिएको अन्डा जस्तो गन्ध आउँछ ।

मसला

केही मसला जस्तै जिरा, धनियाँ, बेसारको अत्यधिक सेवनले पनि पिसाबबाट गन्ध आउँछ । जुन तत्वले मसलालाई सुगन्धित बनाउँछ त्यही शरीरमा गयो भने त्यो दुर्गन्धित हुन्छ ।

तर, कतिपय अवस्थामा संक्रमण, मधुमेह, मिर्गौलामा पत्थरी जस्ता समस्याले पनि पिसाबबाट गन्ध आउँछ ।

कुनै पनि प्रकारको गन्ध नियमित रुपमा आइरह्यो भयो भने डाक्टरलाई देखाउनुपर्दछ । खानेकुराबाट आएको गन्ध नियमित हुँदैन । कुनै रोगबाट निस्किएको गन्ध दिनप्रतिदिन बढ्दै जाने पनि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved