खाना खाएपछि पेट किन फुल्छ ?

नेपालभ्युज

खाना खाएपछि पेट किन फुल्छ ?

एजेन्सी । धेरै मानिसलाई खाना खाइसकेपछि पेट फुल्ने समस्या हुन्छ । जसले गर्दा पेट दुख्ने समस्या पनि हुन्छ । तपाईंलाई पनि यस्तै हुन्छ भने आजै जान्नुहोस् यसको कारण र बचावका तरिका-

पेटमा बन्ने ग्यास नै खाना खाने बित्तिकै पेट फुल्ने प्रमुख कारण हुन्छ । प्रायः छिटो छिटो खाना खाँदा हावा पनि निलिन्छ । यसले पेटमा ग्यास बन्ने गर्छ । कयौंपटक भने आवश्यकता भन्दा धेरै भोजन गर्दा पनि यस्तो समस्या हुन्छ ।

खाना खाएपछि पेट फुल्ने समस्याबाट बच्न भोजनलाई जहिले पनि राम्रोसँग चपाएर खानुहोस् । सही तरिकाले खाना चपाउँदा भोजनका टुक्रा साना-साना हुन्छन्, जसले गर्दा पचाउन पनि सजिलो हुन्छ ।

एकैपटक धेरै भोजन खानुको साटो थोरै थोरै भोजन गर्नुपर्दछ । धेरै खाँदा पेट फुल्ने समस्या पनि हुन सक्छ ।

तपाईंलाई भोजन गर्ने बित्तिकै पेट फुल्ने समस्या छ भने आधा चम्चा ज्वानोलाई मनतातो पानीसँग लिन सक्नुहुन्छ ।

खाना खाएपछि एक कचौरा दही खानु पनि फाइदाजनक हुन्छ । यसमा राम्रो ब्याक्टेरिया, क्याल्सियम, भिटामिन तथा मिनरल्स हुन्छन् । जसले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।

त्यस्तै, खाना खाएपछि पेट फुल्ने समस्याबाट छुट्कारा पाउन केहीबेर हिँडडुल पनि गर्न सकिन्छ । केहीबेर हिँड्दा भोजन पचाउन सजिलो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved