पोलियोविरूद्ध आईपीभी खोप अभियान सुरु (तस्वीरहरू)

पोलियोविरूद्ध आईपीभी खोप अभियान सुरु (तस्वीरहरू)

काठमाडौं । पोलियो रोग विरुद्धको आईपीभी खोप लगाउन छुटेका बालबालिकाहरुको लागि सोमबारदेखी देशभर ‘आईपीभी खोप अभियान’ सुरु भएको छ ।

यस अभियान अन्तर्गत १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई खोप लगाइने छ।

यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने छ।

विसं २०७१ देखि नेपालमा आईपीभी खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर यो खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले सरकारले यो अभियन संचालन गरेको हो।

यस अभियानमा २०७३ वैशाख १ देखि २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकाहरुलाई खोप लगाइने छ।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved