इराक र सिरीयामा सक्रिय आईएसआईएलले किन गर्‍यो रुसमा आक्रमण ?

नेपालभ्युज

इराक र सिरीयामा सक्रिय आईएसआईएलले किन गर्‍यो रुसमा आक्रमण ?

काठमाडौं । इराक र सिरीया सक्रिय आईएसआईएलले  रुसमा आक्रमण गरेको छ । रुसको राजधानी मास्कोको एउटा कन्सर्टमा भएको गोलाबारीमा कम्तीमा ६० जनाको मृत्यु भएको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेसम्म ६० जनाको ज्यान गएको र १ सय भन्दा धेरै घाइते भएको पुष्टि गरेका छन् ।

शुक्रबार राति मस्कोको पश्चिमी उपनगर स्थित भेटेरन रक ब्याण्डको कन्सर्टमा जम्मा भएका दर्शकमाथि बन्दुक र बमले आक्रमण गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

युक्रेनले आक्रमणमा आफ्नो संलग्नता नरहेको प्रष्टिकरण दिएको छ । रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी आक्रमण भनेका छन् ।

कन्सर्टमा पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार र बम विष्फोट गरेका थिए । आक्रमणमा आधा दर्जन व्यक्ति संलग्न रहेको बताइएको छ ।

आक्रमणको जिम्मा इस्लामिक कट्टरपन्थी समूह आइएसले लिएको छ । यद्यपी यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

कन्सर्ट हलमा ६ हजारभन्दा धेरै मानिस रहेको अनुमान गरिएको छ । आक्रमणकारी भने भाग्न सफल भएको बताइएको छ ।

रुसी राष्ट्रपति कार्यालयले जारी गरेको बयानमा आक्रमणकारीको खोजीका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको उल्लेख छ ।

अमेरिकी अधिकारीहरुले रुसमा आइएसले आक्रमणको योजना बनाएकोबारे आफूहरुलाई पहिले नै सूचना प्राप्त भएको बताएका छन् ।

आक्रमणपछि कन्सर्ट हलमा आगलागी भएर एउटा भाग भत्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले हलमा आगो लाग्ने वस्तु फालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved