मौसम : पानी पर्ने सम्भावना, होलीमा पनि झरी पर्ने !

नेपालभ्युज

मौसम : पानी पर्ने सम्भावना, होलीमा पनि झरी पर्ने !

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज शनिबार  हल्का पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली र वर्षाको सम्भावना रहेको बताएको छ ।

कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना छ ।

बिहीबार र शुक्बार कोशी, मधेस, बाग्मती र गण्डकीका केही ठाउँमा पानी परेको थियो । अरू ठाउँको तुलनामा मधेस र कोशीमा धेरै पानी परेको छ ।

भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ ।

केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved