केराको बोक्रा नफाल्नुस्, बढाउनुहोस् सुन्दरता

नेपालभ्युज

केराको बोक्रा नफाल्नुस्, बढाउनुहोस् सुन्दरता

एजेन्सी । केरा खाएपछि बोक्रा हामीले सधैं फाल्ने गर्छौं । तर, तपाईंले यसलाई फाल्नुको साटो सौन्दर्य सामग्री जसरी प्रयोग गर्न सक्नुहुन्छ । आउनुहोस् केराको बोक्राबाट कसरी सुन्दर बन्ने भनेर जानौं ।

केराभित्र मात्र नभएर बाहिर बोक्रामा पनि धेरै पोषक तत्व हुन्छन् । यसमा स्टार्च, प्रोटिन, बोसो, आइरन जस्ता तत्त्व राम्रो मात्रामा पाइन्छ । आउनुहोस् बोक्रालाई प्रयोग गर्ने तरिका जानौं–

यदि तपाईं एक्नेको समस्याले ग्रस्त हुनुहुन्छ भने केराको बोक्राले सहयोग गर्न सक्छ । यसका लागि केराको बोक्रालाई महमा मिसाएर एक्नेमा लगाउनुहोस् र हल्का हातले मालिस गरेर केहीबेरपछि अनुहार धुनुहोस् ।

आँखाको तल भएको कालो घेरा हटाउन पनि केराको बोक्रा उपयोगी हुन्छ । केराको बोक्रालाई पिसेर त्यसमा एलोभेरा जेल मिसाएर आँखाको तल कालो भएको भागमा लगाउनुहोस् ।

केराको बोक्रामा हुने गुणले चाउरीपना पनि हुन दिँदैन । यसका लागि केराको बोक्रालाई पिसेर त्यसमा बदामको तेल मिसाएर अनुहारमा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस् ।

त्यस्तै दाँतको पहेंलोपन हटाउनका लागि पनि केराको बोक्रा काम लाग्छ । एक हप्तासम्म लगातार केराको बोक्राले दाँत घोट्नुहोस् र कुल्ला गर्नुहोस् । यसरी नियमित गरेमा पहेंलो भएका दाँत चम्किन थाल्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved