दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

नेपालभ्युज

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले मुख्यमन्त्री  केजरीवाललाई आज बेलुका पक्राउ गरेको  हो ।

भारतीय सञ्चार माध्यमका अनुसार  केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरेको हो ।

निर्देशनालयले दिल्लीको मदिरा नीतिलाई लिएर उनीमाथि छानबिन गर्दै आएको थियो । यसअघि बयानका लागि पटक पटक बोलाए पनि केजरीवाल उपस्थित भएका थिएनन्।

आम आदमी पार्टीका सुप्रमो केजरीवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न झुटो आरोप लगाइएको दाबी गर्दै आएका छन् ।

यसअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया र अर्का एक मन्त्री पनि अनियमितता गरेको भन्दै पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved