हतियार मुद्दामा ‘बडीगार्ड’ पक्राउपछि किन भारत गए दुर्गा प्रसाईं ? दाङको कार्यक्रम अन्योलमा

‘‘हतियारको लाइसेन्स लिएका व्यक्तिले लाइसेन्समा उल्लेख भएभन्दा फरक बोक्न दिनु पनि दुरुपयोग हो । यो मुद्दामा उनी पनि तानिन सक्ने भएकाले भारत भागेका हुनसक्छन्’’ प्रसाईं निकटकै व्यक्तिहरू भन्छन् ।

नेपालभ्युज

हतियार मुद्दामा ‘बडीगार्ड’ पक्राउपछि किन भारत गए दुर्गा प्रसाईं ? दाङको कार्यक्रम अन्योलमा

काठमाडौं । दाङमा भव्य कार्यक्रम गर्ने भन्दै तयारी चलिरहेको बेलामा दुर्गा प्रसाईं मुम्बई पुगेका छन् । सोमबार सर्वोच्च अदालतमा प्रसाईंका सहयोगी पक्राउ परेपछि उनी भारत गएका हुन् ।

लाइसेन्स प्राप्त हतियार भए पनि संवेदनशील क्षेत्रमा लगेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्का पक्राउ परेका छन् । उनका नाममा बाहक लेखिए पनि रामकुमार धिमालले बोकेकाले दुवैजना पक्राउ परेका हुन् ।

तर, लाइसेन्स दुर्गा प्रसाईंको नाममा भएकाले आफू पनि अनुसन्धानमा तानिन सक्ने भएकाले प्रसाईं मुम्बई पुगेको जानकारहरू बताउँछन् ।

‘‘हतियारको लाइसेन्स लिएका व्यक्तिले लाइसेन्समा उल्लेख भएभन्दा फरक बोक्न दिनु पनि दुरुपयोग हो । यो मुद्दामा उनी पनि तानिन सक्ने भएकाले भारत भागेका हुनसक्छन्’’ प्रसाईं निकटकै व्यक्तिहरू भन्छन् ।

राजनीतिक शक्तिका आडमा लिएका थिए दुर्गा प्रसाईंले अत्याधुनिक हतियार, दुरुपयोग देखिएपछि खोस्ने तयारी !

प्रसाईंले हतियार पाँच वर्षयता बोक्दै आएका थिए । यसैले उनले एक अन्तर्वार्तामा धम्की दिएका थिए, “मलाई चलायो भने कमसेकम ४०÷५० जना मर्छ, म त्यो हिसाबले हिँड्छु । मार्न आउँछ भने मार्ने हो ।”

आफूले एक हजार राउन्डभन्दा बढी गोली बोकेर हिँड्ने प्रसाईंले बताउँदै आएका थिए । तर, लाइसेन्समा भने २ सय राउन्ड खरखजना बोक्न पाउने उल्लेख छ ।

लाइसेन्स बोक्न अनुमति प्रदान गरिएकोभन्दा फरक व्यक्तिले हतियार बोकेको भेटिएपछि दुई जनालाई पक्राउ गरिएको काठमाडौंले बताएको छ ।

प्रसाईं भारत गएपछि उनको समूहले दाङमा २४ गते गर्ने भनेको कार्यक्रमको तयारी रोकिएको छ । उनका समूहका सदस्यहरू भन्छन्, ‘‘कार्यक्रम तोकिएकै समयमा हुन्छ हुँदैन केही थाहा छैन । बडीर्गाको मुद्दा के हुन्छ ? त्यसमा भर पर्छ ।’’

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved