रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा फ्रान्समा तीनजना पक्राउ

नेपालभ्युज

रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा फ्रान्समा तीनजना पक्राउ

पेरिस । फ्रान्सको प्रहरीले रोजगारी खोज्नेहरूको डाटाबेसबाट चार करोड ३० लाख मानिसको निजी डाटा चोरेको आरोपमा तीन जना संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले मंगलबार बताएका छन् ।

करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान मजिस्ट्रेटले उनीहरूमाथि आरोप लगाउने साइबर अपराध अनुसन्धान एकाइले विज्ञप्तिमा बताएको छ ।

“प्रविधि र टेलिफोन प्रयोगमार्फत उनीहरूको ट्र्याक गरिसकेपछि संदिग्धहरूको घरहरूमा खोजी गर्दा केहीले ‘फिसिङ’ प्रविधि प्रयोग गरेर मानिसहरूलाई ठगिरहेको पुष्टि भएको छ”, अनुसन्धानकर्ताहरूले भनेका छन् ।

बेरोजगारी एजेन्सी फ्रान्स ट्राभेलले मार्च १३ मा फेब्रुअरी ६ देखि मार्च ५ को बीचमा आफू ठूलो मात्रामा डाटा चुहावटको सिकार भएको बताएको थियो ।

हमलाकारीहरूले कामको खोजीमा विकलाङ्ग मानिसको समर्थन गर्ने एजेन्सीमा काम गर्ने मानिसहरूको लगिन विवरण प्रयोग गरेर डाटासम्म पुगेको अभियोजनकर्ताहरूले बताएका छन् । उनीहरूले व्यक्तिगत जानकारीका चार करोड ३० टुक्रा डाउनलोड गरिएको अनुमान गरेका छन् ।

यसमा बेरोजगारीको सेवाका लागि नाम, जन्ममिति र स्थान, भौतिक तथा इमेल ठेगाना, टेलिफोन नम्बर, सामाजिक सुरक्षा नम्बर र लगिन नाम समावेश थिए । फ्रान्स ट्राभेलले चुहावटको समयमा प्रभावित मानिसहरूमा सक्रिय रोजगारी खोज्नेहरूका साथै पछिल्लो २० वर्षदेखि सेवाको प्रयोग गर्नेहरू पनि रहेको बताएको छ । चोरिएको डाटामा बैंक विवरण र पासवर्ड नभएको बताइएको छ ।

अधिकारीहरूले फान्स ट्राभेल डाटा चोरी सम्भवतः गत साता सरकारी नेटवर्क पूर्वाधारहरूविरुद्ध ४८ घन्टाको ठूलो साइबर हमलासँग सम्बन्धित नभएको बताएका छन् । सिभिल सर्भिसमन्त्री स्टानिस्लास गुएरिनीले सञ्चार अवरुद्ध गर्ने प्रयासका लागि रुस समर्थक ह्याकरहरूलाई दोष दिँदै उक्त प्रयासलाई विफल बनाएको बताउनुभएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved