डेंगु संक्रमणबाट बचाउने खोप विकास गरेको भारतीय कम्पनीको दाबी

नेपालभ्युज

डेंगु संक्रमणबाट बचाउने खोप विकास गरेको भारतीय कम्पनीको दाबी

काठमाडौं । भारतको एक कम्पनीले डेंगुबाट बच्नका लागि खोप बनाएको दाबी गरेको छ ।

हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेडले संसारमै पहिलो पटक डेंगु भाइरसबाट बच्ने खोप तयार पारेको दाबी गरेको हो ।

कम्पनीका प्रवन्ध निर्देशक डा. आनन्द कुमारले सबै कुरा ठिक ढंगले अघि बढेमा परीक्षण पुरा भएर खोप सन २०२६ सम्म बजारमा आउने दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

उनका अनुसार खोपको पहिलो चरणको परीक्षण सफल भएको छ । दोस्रो र तेस्रो चरणको परीक्षण छिट्टै सुरु हुँदैछ ।

संसारमा अहिलेसम्म डेंगु भाइरस प्रतिरोधी खोपको परीक्षण सफल हुन सकेको छैन । यसका धेरै भेरियन्ट हुने भएकाले खोप विकासमा चुनौती देखिएको छ ।

एक रिपोर्ट अनुसार विश्वभर हेरक वर्ष १० करोड मानिसलाई डेंगु हुने गरेको छ । जसमध्ये साढे तीन करोड भारतीय हुने गरेका छन् ।

नेपालमा पनि डेंगुको संक्रमण बढ्दै गएको छ । गर्मी सुरु भएसँगै विभिन्न क्षेत्रमा यसले प्रकोपकै रुप लिने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved