सरकारी वकिलको कार्यालयमा महराको वयान जारी, आजै म्याद थप्ने तयारी

नेपालभ्युज

सरकारी वकिलको कार्यालयमा महराको वयान जारी, आजै म्याद थप्ने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा पेस गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट म्याद लिनुपूर्व वयानका लागि उनलाई सरकारी वकिलको कार्यालय पुर्‍याएको हो । वकिलको कार्यालयमा वयान सकिएपछि म्याद थपका लागि महरालाई अदालत लगिनेछ ।

सोमबार बिहान भैरहवाबाट पक्राउ परेका महरालाई यति एयरको जहाजमार्फत् काठमाडौं ल्याइएको थियो ।

साउन २ गतेमा ब्रेक-सूमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा भेप (विद्युतीय चुरोट) ल्याइएको ९ किलो सुन तस्करीमा महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरूङसहित मुछिएका थिए ।

बिहिबार सुन तस्करी जाँचबुझ आयोगले महरासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved