नेप्सेमा सामान्य सुधार, कारोबार रकम २ अर्ब ८८ करोड

नेपालभ्युज

नेप्सेमा सामान्य सुधार, कारोबार रकम २ अर्ब ८८ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २०७३ दशमलव ५३ को विन्दुमा आइपुगेको छ ।

आज ३०३ कम्पनीका ५३ हजार २ सय ५६ पटकको कारोबारमा ७४ लाख ५९ हजार ४ सय २४ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३० अंकले बढेर ३६९ दशमलव ५६ को विन्दुमा पुगेको छ ।

आज पुनः हाइड्रोपावर कम्पनीहरूको कारोबार रकम बढेर सबैभन्दा बढी भएको छ भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved