इलाम–२ मा एमालेबाट सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस

नेपालभ्युज

इलाम–२ मा एमालेबाट सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस

इलाम । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेको इलाम कमिटीले ६ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल छन् ।

जिल्ला कमिटीको बैठकमा मतदानबाट उम्मेदवार चयन गर्ने छलफल भए पनि पार्टीमा योगदान दिएका नेता निरुत्साहित हुन सक्ने भएकाले सबैको नाम केन्द्रमा पठाइएको बताइएको छ ।

एमाले नेतृत्वले जिल्ला कमिटिसँग सिफारिस मागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved