बच्चा जन्मिएपछि कपाल किन झर्छ ?

नेपालभ्युज

बच्चा जन्मिएपछि कपाल किन झर्छ ?

एजेन्सी । बच्चा जन्मिएपछि गर्भवती महिलाको कपाल झर्न थाल्छ । यस्तो स्थितिलाई पोस्टपार्टम हेयर लस भनिन्छ । तपाईंले पनि यस्तो स्थितिको सामना गर्नुभएको छ भने आउनुहोस् जानौं यसबाट बच्ने उपायका बारेमा ।

यसबाट पूर्ण रुपमा बच्न गाह्रो हुन्छ तर केही मात्रामा यो समस्या कम भने गर्न सकिन्छ ।

महिलाको डेलिभरीपछि कपाल झर्नु भनेको आम समस्या हो । यो समस्या हर्मोनमा हुने परिवर्तन तथा तनाव बढ्नाले हुन्छ । त्यसैले यसबाट बच्ने केही तरिका जानौं ….

बच्चा जन्माएपछि कपाल झर्ने समस्या रोक्नका लागि खानपानमा परिवर्तन ल्याउनुपर्दछ । भिटामिन सी, भिटामिन ई, भिटामिन ए, जिंक र प्रोटिनले भरपूर खाना खानु पर्छ ।

तपाईंको कपाल एकदमै धेरै झरिरहेको छ भने स्याहार गर्ने तरिका पनि परिवर्तन गर्नुपर्छ । यसका साथै केमिकल भएका उत्पादनको प्रयोग नगर्नुहोस् ।

शरीरमा पोषक तत्वको कमी भइरहेको छ भने सप्लीमेन्टहरु खान सक्नुहुन्छ । यसले कपाल झर्न रोक्छ र तपाईंलाई कयौं समस्याबाट पनि राहत दिन्छ ।

कपाल झर्नबाट बच्न तनाव कम गर्नुहोस् । यसले तपाईंको हर्मोन सन्तुलित हुन्छन् जसले गर्दा कपाल झर्न आफै कम हुन थाल्छ ।

कपाल झर्ने समस्या कम गर्न केही घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ । यसका लागि मेथीको बीजलाई रातभर पानीमा भिजाएर छोड्ने र बिहान यो पानीलाई कपालमा लगाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved