उर्फी जावेद बलिउडमा डेब्यूका लागि तयार, एकता कपूरको फिल्ममा देखिनेछिन्

नेपालभ्युज

उर्फी जावेद बलिउडमा डेब्यूका लागि तयार, एकता कपूरको फिल्ममा देखिनेछिन्

एजेन्सी । आफ्नो फेसन सेन्सले गर्दा सामाजिक सञ्जालमा भाइरल भइरहने उर्फी जावेद अब ठूलो पर्दामा कदम राख्नका लागि तयार छिन् ।

उर्फी जावेदले दिबाकर बनर्जीको फिल्म ‘लव सेक्स और धोखा’ बाट बलिउडमा प्रवेश गर्दैछिन् । सन् २०१० मा आएको फिल्म ‘लव सेक्स र धोखा’ मा इन्टरनेटको युगमा युवाहरुको प्रेमकथा देखाइएको छ । त्यही अब १४ वर्षपछि आइरहेको फिल्मको सीक्वलमा एउटा नयाँ समयको प्रेम कहानीलाई देखाइनेछ ।

सामाजिक मिडियाको समयमा आधारित प्रेम कहानीका लागि उर्फी जावेद सही पात्र हुनेछन् किनकी उनी त्यसै पनि सामाजिक मिडियामै चर्चित छन् ।

उर्फी जावेदले सामाजिक मिडियामा आफ्ना अनौठा खालका पहिरनलाई लिएर चर्चामा आइरहन्छिन् । ‘लव सेक्स और धोखा २’ मा एउटा नयाँ प्रकारको प्रेम कथाले सबैलाई मनोरञ्जन गर्ने दावा गर्दछ ।

मिडिया रिपोर्टअनुसार फिल्म ‘लव सेक्स और धोखा’ मा तुषार कपूर र मौनी रोय पाहुनाको रुपमा देखिने बताइएको छ ।

बालाजी टेलीफिल्म्स र कल्ट मुविजद्वारा निर्मित तथा दिवाकर बनर्जीद्वारा निर्देशित उक्त फिल्म ९ अप्रिल २०२४ मा रिलीज हुँदैछ । यो फिल्मलाई एकता कपूर र शोभा कपूरले निर्माण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved