कांग्रेसको संसद अवरोध गलत छ, सच्याओस्ः प्रदीप यादव

नेपालभ्युज

कांग्रेसको संसद अवरोध गलत छ, सच्याओस्ः प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले कांग्रेसले संसद अवरोध गर्नेकुरा गलत भएको बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिना आधार उपप्रधान एवं गृहमन्त्रीको राजीनामा मागेर बखेडा झिक्ने काम गरेको बताए ।

उनले कांग्रेससँग गृहमन्त्रीविरुद्ध परेका उजुरीको केही आधार र प्रमाण छ ? भन्दै प्रश्न गरे । उनले प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्नेकुरा गलत भएकाले कांग्रेसले पनि सच्याउनुपर्ने बताए ।

उनले कांग्रेसले संसद अवरोधको काम बन्द गरेर सदन सुचारु गर्न पहल गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved