भूकम्प गएपछि जापानले रोक्यो समुन्द्रमा विषाक्त पानी छोड्न

नेपालभ्युज

भूकम्प गएपछि जापानले रोक्यो समुन्द्रमा विषाक्त पानी छोड्न

काठमाडौं । जापानले समुन्द्रमा विषाक्त पानी छोड्न बन्द गरेको छ ।

शुक्रबार बिहान फुकुशिमा प्लान्ट नजिक भूकम्प गएपछि यस्तो निर्णय गरिएको हो । फुकुशिमाको उत्तरपूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

सन् २०११ मा यहाँ सुनामी आएको थियो, जसले प्लान्टलाई धेरै क्षति पुर्याएको थियो।

टोकियो इलेक्ट्रिक पावर कम्पनीले विषाक्त पानी निकासको निरीक्षण गरिरहेको छ । कम्पनीले एक्समा लेखेको छ, ‘भूकम्पले पानी छोड्ने प्रक्रियालाई असर गरेको छैन। तर, सुरक्षाका कारण पानी छोड्न रोकिएको छ ।’

जापानले सन् २०२३ अगस्ट २४ देखि आफ्नो क्षतिग्रस्त फुकुशिमा आणविक प्लान्टमा रहेको १३२ करोड लिटर रेडियोधर्मी पानी प्रशान्त महासागरमा छोड्न थालेको थियो।

जापानको विदेश मन्त्रालयका अनुसार पानीलाई समुन्द्रमा छोड्नुअघि सफा गरिएको थियो। तर, रिपोर्टका अनुसार सफा गरेपछि पनि यसमा ट्रिटियम कणहरू छन्।

ट्रिटियम एक रेडियोधर्मी पदार्थ हो। यसलाई पानीबाट अलग गर्न धेरै गाह्रो हुन्छ । यसले क्यान्सर जस्ता रोग लाग्न सक्छ ।

दक्षिण कोरिया, चीन र अष्ट्रेलियाले प्रशान्त महासागरमा पानी छोड्न कार्यको विरोध गरेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार सन् १९४० को दशकमा अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरूले दक्षिण प्रशान्त क्षेत्रमा एकपछि अर्को धेरै परमाणु परीक्षण गरेका थिए।

मार्शल टापुहरूमा बसोबास गर्ने मानिसहरू अझै पनि यसको परिणाम भोगिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved