सुन तस्करी प्रकरण : ९ चिनियाँ नागरिकलाई कारबाही गर्न सिफारिस

नेपालभ्युज

सुन तस्करी प्रकरण : ९ चिनियाँ नागरिकलाई कारबाही गर्न सिफारिस

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ चिनियाँ नागरिकलाई कारबाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार आयोगले ९ चिनियाँ नागरिक, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको हो ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न सरकारले गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगले एआईजी किरण बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ ।

यस्तै आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । अधिकारी अहिले नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ता छन् ।

साथै, आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved