फिल्मको सेटमा नै एकअर्काको प्रेममा परेको थियो यो जोडी

नेपालभ्युज

फिल्मको सेटमा नै एकअर्काको प्रेममा परेको थियो यो जोडी

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको प्रेम कहानी एकदमै रोचक छ । दुवैको पहिलो भेट फिल्म निर्माता संजय लिला भन्सालीको घरमा भएको थियो ।

अभिनेत्रीलाई देख्ने बित्तिकै रणवीर सिंहले होसै गुमाएका थिए । रणवीरले अभिनेत्रीलाई पहिलोपटक देख्ने बेला दीपिका चिकनकारी कुर्तामा आएकी थिइन् ।

सन् २०१३ मा आएको फिल्म ‘रामलीला’ बाट दुवै एकअर्काको नजिक भएका थिए । यो फिल्मको सेटमा नै यी एकअर्काको प्रेममा पर्न थालेका थिए ।

फिल्मको एक सीनका क्रममा यिनीहरुको प्रेम खुलासा भएको थियो । चुम्बन गर्ने दृश्यमा निर्देशकबाट ‘कट’ को आवाज पनि नसुनी उनीहरु एकअर्कामा लिन भएका थिए ।

उक्त फिल्मको सेटबाट सुरु भएको प्रेम कहानी पछि विवाहमा परिणत भयो । अब छिट्टै उनीहरु बुवाआमा पनि बन्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved