तोलामा चार सयले घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर 

नेपालभ्युज

तोलामा चार सयले घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर 

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved